नेपालका ऐतिहासिक पुरातात्विक शहरहरुमध्ये उग्रचण्डी नाला पनि एक हो । भौगोलिक अवस्थितिको कारणले यस क्षेत्र हाल कुनामा परेको छ । हाम्रो देशलाई विश्व सामु परिचित गराउने माध्यमहरुमध्ये महत्वपूर्ण माध्यम भनेका यहाँका साँस्कृतिक सम्पदाहरु ह्ुन् । यस्ता अमूल्य साँस्कृतिक सम्पदाहरुको वास्तविक अध्ययन र अनुसन्धान विना मानव सभ्यताको विकासक्रम थाहा पाउन मुश्किल पर्दछ । तसर्थ महत्वपूर्ण साँस्कृतिक म्पदाहरुको सही तथ्यपूर्ण इतिहासको लागि उग्रचण्डी नाला क्षेत्रको शिलालेखहरुको प्रकाशन गर्नु अत्यन्त आवश्यक छ ।
उग्रचण्डी नाला क्षेत्रको साँस्कृतिक इतिहासको विषयमा पर्याप्त अध्ययन र अनुसन्धान हुन बाँकी नै छ । तसर्थ यस क्षेत्रको वास्तविक इतिहास अहिलेसम्म प्रकाशमा आउन सकेको छैन । यस कुरालाई मध्यनजर गर्दै “उग्रचण्डी नालाको अभिलेख संग्रह भाग – १” प्रकाशित गरिएको छ ।
सम्पादक ः रत्नप्रसाद अनामणि श्रेष्ठ
प्रकाशन ः अनामणि प्रकाशन, नाला, काभ्रे
संस्करण ः प्रथम, वि.सं. २०६९ श्रावण
प्हिलो संस्करण ः १००० प्रति
मूल्य ः रु.१००
No comments:
Post a Comment